गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाबाट अबैध हातहतियार सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ घर भएका ६० बर्षका माइला घले, ५३ बर्षका सिताबहादुर घले र वडा नम्बर २ का २६ बर्षका कृष्णप्रसाद घले भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी लिलाराज कोइरालाका अनुसार हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरीको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सिताबहादुरको घरबाट एकनाले सर्ट गन सहित त्यसमा प्रयोग हुने जंगी गोली २४ थान र ३४ थान गोलीको खोका समेत बरामद भएको सूचना अधिकारी लामिछानेले जानकारी दिए । पक्राउ परेका अन्य दुई जना माईला घलेको गोठबाट र कृष्णप्रसादको घरबाट एकनाले भरुवा बन्दुक बरामत भएको हो ।
पक्राउ परेको सबैलाई जिल्ला अदालत गोरखाबाट म्याद थप गरी अनुसन्धान भई रहेको गोरखा प्रहरीले जनाएको छ ।



