गोरखा । जिल्ला समन्वय समितिका उपप्रमुख लिला परियार नेतृत्वमा आरुघाट गाँउपालिकामा रहेको सिमखोला डाँडागाँउ लिफटिङ खानेपानी आयोजनाको अनुगमन गरिएको छ ।
गण्डकी प्रदेशको १ घर १ धारा आयोजना अन्तरर्गत वडा नं। १० पैका डाँडागाँउ स्थित लिफटिङ खानेपानी आयोजनाको टोलीले अनुगमन गरेको हो ।
उक्त आयोजनाबाट करिब ३०० सय घरधुरीले पानी प्रयोग गर्न पाउने आयोजनाले जनाएको छ । योजनाका लागी प्रदेश सरकारले कुल ४ करोड बजेट विनियोजन गरिएको उपभोक्ता समितिका अध्यक्ष मिना बरामले जानकारी दिइन ।
क्रमागत रहेको उक्त आयोजनाको पहिलो चरणमा १ करोड ६० लाख रुपैया खर्च भैसकेको छ । अध्यक्ष बरामका अनुसार अहिलेसम्म २८५ धारा निमार्ण सम्पन्न भईसकेको छ ।
निमार्ण सम्पन्न धारा मध्ये १३६ धारामा पानी वितरण भईरहेकोे र अरु धारामा पनि पानी छाडने काम केही साता भित्रै गरिने आयोजनाले जनाएको छ ।
पानिको निकै समस्या रहेको उक्त गाउँमा लिफटिङ पानी आउनुसाथ खुशी भएका छन् । पानी बिरतण संगै घण्टौ लगाएर पानी लिन जाने समस्याको समाधान भएको पनि स्थानियले जानकारी दिएका छन् ।
अनुगमन टोलीमा उपप्रमुख परियारसहित समन्वय समितिका सदस्य मोहन ढकाल, महोमद हकिम, शिवप्रसाद रेग्मी, प्रविधिक र पत्रकारको समेत सहभागीता रहेको थियो ।


