गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले पालिकाले पालिका भित्रका किसानहरुलाई उत्पादनका आधारमा अनुदान दिने भएको छ ।
गाउँपालिकाले चालु आर्थिक बर्ष २०७९÷०८० मा किसानले मासु उत्पादन गरेको आधारमा अनुदान उपलब्ध गराउन लागेको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारुी दिए ।
पालिकाले किसानले पालेको मासु जन्य पशु बिक्रिका लागाी योग्य भएका राँगा, खसी, बोका र थुमाको तौल मापन कार्य समेत सुरु गरेको उनले जानकारी दिए । ‘पशुपालक किसानहरुलाई उत्पादनमा हौसला प्रदान गर्ने तथा पालिका भित्र मासु र मासुजन्य उत्पादन बढाउने योजना अन्तरर्गत कार्यक्रम ल्याएको हो, उनले भने, ‘यसबाट पालिकालाई मासु उत्पादनमा आत्मानिर्भर बनाउन पनि टेवा पुर्याउछ ।’
गाउँपालिकाले सम्बन्धित वडाका पशुसेवा प्राबिधिक परिचालन गरेर असोज ११ गतेसम्म पालिकामा बिक्री योग्य पशुबस्तुको एकहप्ते नाप तौल अभियान सञ्चालन गरिरहेको हो ।
गाउँपालिकाले उपलब्ध गराउने अनुदान मध्ये राँगाको प्रतिकेजी १५ रुपैया र खसी, बोका र थुमाको प्रतिकेजी ३० रुपैया किसानले पाउने अध्यक्ष भट्टले जानकारी दिए ।


