गोरखा । त्रिबि कर्मचारी संघ गोरखा क्याम्पसको सभापतिमा रामचन्द्र कोइराला निर्वाचित भएका छन । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ क्याम्पस इकाइ समिति गोरखा क्याम्पस गोरखाको १२ आंै एकाइ समितिको निर्वाचनबाट कोइराला सभापति पदमा निर्विरोध निर्वाचित भएका हुन ।
यस्तै गरी उपसभापतिमा सुशिला थापा, सचिवमा राजु श्रेष्ठ, सह–सचिवमा रेनु श्रेष्ठ, कोषाध्यक्षमा शान्ति लामिछाने, सदस्यहरुमा सरिना पोखरेल र प्रमोद बस्नेत निर्विरोध चयन भएका हुन ।
निर्वाचित पदाधिकारीहरुलाई एक कार्यक्रमका वीच निर्वाचन समितिका संयोजक एवं कार्यक्रमका सभापति कृष्णबहादुर जि.सी ले निर्वाचनको घोषणा गर्नुका साथै पदभार ग्रहण गराएका थिए ।
त्यस्तै गरी, कार्यक्रमका प्रमुख अतिथि गोरखा क्याम्पस गोरखाका क्याम्पस प्रमुख रामशरण बानियाँले निर्वाचित पदाधिकारीहरुलाई खादा तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा नवनिर्वाचित सभापति रामचन्द्र कोइराला र उपसभापति सुशीला थापाले प्रतिवद्धता मन्तव्य व्यक्त गरिन । कार्यक्रममा त्रि.वि प्राध्यापक संघका सचिव सञ्जय अधिकारी, गोरखा क्याम्पस गोरखाका प्रशासन प्रमुख तोरण वहादुर खड्का, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।




















