गोरखा । बारपाक सुलिकोट गाउँपालिकामा डेंगु रोग लगायत किटजन्य रोगहरुको रोकथामका लागी सरोकारवालाहरुलाई अभिमुखीकरण गरिएको छ ।
गाउँपालिकाको आयोजनामा पालिकाको स्वास्थ्यकर्मी एवं सरोकारवालाहरुलाई अभिमुखीकरण गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा सहभागीहरुलाई पछिल्लो समय देशभर संक्रमणको रुपमा फैलिएको डेंगु रोग, स्क्रब टाइफस लगायतका रोगहरुको रोकथाम, उपचार तथा न्युनिकरणका लागी अपनाउनु पर्ने सचेतना सम्वन्धमा जानकारी दिईएको थियो ।
गाउँपालिकाका उपाध्यक्ष सनमाया गुरुङको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष गुरुङ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम आर्चायले रोगबाट सर्व साधारणलाई जोगाउन सबै उपाय प्रयोग गर्न अनुरोध गरेका थिए ।




















