गोरखा । स्वास्थ्य क्षेत्रमा सहयोग पुरर्याएको भन्दै गोरखाका स्वास्थ्य कर्मी संगम श्रेष्ठलाई सम्मान गरिएको छ ।
सम्मानित हुने श्रेष्ठलाई स्वास्थ्य दर्पण मिडियाँ नेटर्वक प्रालिले पोखरामा एक कार्यक्रम बिच सम्मान गरेको हो ।
गण्डकी र लुम्बिलनी प्रदेशका स्वास्थ्यकर्मीहरुलाई पोखरामा सम्मान गरिएको स्वास्थ्य दर्पण मिडियाँले जनाएको छ ।
श्रेष्ठलाई स्वास्थ्य दर्पण मिडियाँले स्थापना गरेको ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०७९’ अवार्ड प्रदान गरेर सम्मान गरिएको थियो ।
ब्यवसायी समेत रहेका श्रेष्ठलाई गण्डकी प्रदेश प्रमुख माननीय पृथ्वीमान गुरुङले अवार्ड प्रदान गरेका थिए ।
श्रेष्ठले गोरखा बजारमा संगम मेडिहेल्थ क्लिनिक र संगम मेडिसेल्स चलाउदै कोरोना महामारीका समयमा घर घरमा औषधी पुरर्याएर सहयोग गरेका थिए ।





















