×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३२ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखाका ४८ जना उम्मेदवार कारवाहीमा

  •  गोरखा समाचार
  • बुधबार, असोज ०५, २०७९ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा खर्च विवरण पेश नगर्ने गोरखाका ४८ जना उम्मेदवारहरु कारवाहीमा परेका छन् । जिल्लाको ११ पालिकामा मध्ये अध्यक्षको उमेदवार बनेका २६ जना र उपाध्यक्षका उम्मेदवार बनेका २२ जना कारवाहीमा परेको निर्वाचन आयोगले जनाएको छ ।

    समयमा खर्च विवरण पेश नगर्ने मध्ये गोरखा नगरपालिकामा मेयरका उमेद्वार बनेका राप्रपाका रुद्रराज पाण्डे, एकिकृत समाजबादी पार्टीका सानुमाया बस्नेत, स्वतन्त्र उमेद्वार योगेन्द्र कुमाललाई समयमा खर्च बिबरण नबुझाएपछि जरिवानामा गरिएको हो । आयोगले उनीहरु सबैलाई जनही ४ लाख ४० हजार रुपैया जरिवाना तोकेको हो ।

    त्यस्तै पालुङटार नगरपालिकाबाट मेयरका उमेद्वार रहेका जनता समाजबादी पार्टीका प्रेमबहादुर गुरुङ, एमालेका हरी भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपालबहादुर थापा, स्वतन्त्र उमेद्वार बलराम तामाङ, रामचन्द्र काफ्ले र एकिकृत समाजबादी पार्टीका शिवराज पौडेल, आमूल परिवर्तन मसिहा पार्टी नेपालका बेदबहादुर लामालाई पनि जनही ४ लाख ४० हजार रुपैया जरिवाना नै तोकेको आयोगले जनाएको छ ।

    यता गोरखा नगरपालिकामा उप्रमुखको उमेद्वार रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सम्झना लामिछाने, एकिकृत समाजबादीका यादब बस्नेत, पालुङटार नगरपालिकाबाट उपप्रमुखको उमेद्वार रहेका स्वतन्त्र उमेद्वार राजन देवकोटा कारवाहीमा परेका हुन् ।

    जिल्लाको ९ गाउँपालिकामा निर्वाचन खर्च बिबरण नबुझाएका १६ जना गाउँपालिका अध्यक्षका उमेद्वारलाई पनि आयोगले जरिवाना तोकेको छ ।

    निर्वाचन खर्च नबुझाउनेहरुमा आरुघाट गाउँपालिका निर्वाचित पालिका अध्यक्ष राजु गूरुङ, गण्डकी गाउँपालिकाका निबर्तमान पालिका अध्यक्ष होमबहादुर राना र चुमनुव्री गाउँपालिका निर्बतमान अध्यक्ष धनबहादुर गुरुङ सहित ३ जनालाई पनि आयोगले जरिवाना तिर्न भनेको छ ।

    त्यस्तै गरी, भीमसेन थापा गाउँपालिकामा काँग्रेसबाट पालिका अध्यक्षका उम्मेदवारी दिएका रोसन गुरुङ सहित ४ जना, बारपाक सुलिकोट गाउँपालिकामा काँग्रेसका उम्मेदवार जीतबहादुर घले सहित २ जना, अजिरकोट गाउँपालिकाका ३ जना र सिरानचोक गाउँपालिकाका २ जना अध्यक्षका उम्मेदवारलाई पनि निर्वाचन आयोगले जरिवाना तोकेको जनाएको छ ।

    तोकिएको समयमा निर्वाचन खर्च नबुझाउने ९ पालिकाका २२ जना उपाध्यक्षका उमेद्वारहरुलाई पनि आयोगले जरिवाना तोकेको छ । निर्वाचन खर्च नबुझाउने पालिका उपाध्यक्षहरुमा आरुघाट गाउँपालिकाकी उपाध्यक्ष कल्पना नेपाली, जसपाकी कुलमाया बराम, गण्डकी गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारी सहित ३ जना, भीमसेन थापा गाउँपालिकाकी उपाध्यक्ष अमृतादेवी वस्ती (भट्ट) सहित ४ जना रहेको छन् ।

    चुमनुब्री गाउँपालिकामा १ जना, धार्चे गाउँपालिकाका १ जना, अजिरकोट गाउँपालिकाका १ जना, सिरानचोक गाउँपालिकाका ६ जना र बारपाक सुलिकोट गाउँपालिकामा उपाध्यक्षको उमेद्वार रहेका ५ जनालाई पनि आयोगले कारवाही गरिवाना गरेको जनाएको छ ।

    आयोगले खर्च बिबरण नबुझाउने गाउँपालिका प्रमुख र उप्रमुखलाई जनही ३ लाख ५० हजार रुपैया जरिवाना तोकेको हो ।

    आयोगले समयमा निर्वाचन खर्च बिबरण नबुझाउने उमेद्वारहरुलाई स्पटीकरण सोधेको भएपनि चित्तबझ्दो जवाफ नआएकाले जरिवाना तोकेको जनाएको छ ।

    उनीहरुले आयोगले तोकेको जरिवाना नबुझाएको खण्डमा बहालवाला पदाधिकारीको ६ महिना भित्र पद खारेज हुने र अन्यको हकमा ६ बर्षसम्म उम्मेदवार बन्न नपाउने ऐनमा ब्यवस्था गरेको छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, असोज ०५, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.