गोरखा । बर्षा याममा उत्तरी गोरखाको लोक्पामा गएको पहिरो सरकारी स्तरबाट पन्छाउन आनाकानी गरे संगै स्थानियले आजदेखी पन्छाउन सुरु गरेको छ ।
चुमनुब्री गाउँपालिक–६ चुम्चेत बासीको सक्रियतामा आजदेखी पहिरो पन्छाउने काम सुरु गरिएको स्थानिय शेराप गुरुङले जानकारी दिए । ‘पर्यटकीय सिजन सुरु भई सक्यो’ भन्दै गुरुङले भने ‘सरकारको मुख ताक्दा कामै नहुने देखे पछि हामी जुटेर हिड्ने बाटो बनाउन लागेका हौ ।’ उनले बाटो निर्माण संगै चुम भ्यालीका लागि सामान ढुवानी गर्न समेत अब सहज हुने बताए ।
पहिराे पन्छाउदै बाटाे बनाउदै स्थानिय
गोरेटो बाटो रहेको उक्त स्थानमा भिर माथीबाट खसेको पहिरोले गर्दा आउजाउ गर्ने बाटो नै नभए पछि सबै जनाल मिलेर गोरेटो बाटो निर्माणमा लागेका हुन् । यो सिजनमा चुम भ्याली जानको लागि लोक्पाको बाटो बाहेकको अर्को बिकल्प छैन ।
पहिराे संगै आएकाे ठुल ठुला ढुङाहरु र जाेखिम माेलेर काम गर्दै स्थानिय
बाटो निर्माण संगै चुम्चेत र छेकम्पारको लागि सामान ढुवानी गर्न सहज हुने तथा स्वदेशी तथा विदेशी पर्यटकलाई उक्त मार्गमा सहजता हुने गुरुङले जानकारी दिए ।
बर्षा सकिए लगत्तै स्थानिय र गुम्बामा सामान ढुवानी गर्ने प्रचलन रहदै आएको छ ।
पहिरो गएको स्थानमा भिर माथी बाट खसेका ठुल–ठुला ढुङ्गा भएकाले बाटो खतरा मुक्त भने नहुने चुम्चेतका गोपाल गुरुङले बताए । बाटो फराकिलो पार्न त सरकारी स्तरबाट नै प्रयास हुनुपर्ने उनको धारणा रहेको छ ।
तस्बिर शेराप गुरुङको फेसबुक पेजबाट






