फाईल तस्बिर
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का केन्द्रीय सदस्य एवं पूर्व सांसद हरिराज अधिकारीले प्रचण्डले नेतृत्व गरेको जनयुद्ध नेपालको राजनीतिक परिवर्तनको सर्वोत्कृष्ट क्रान्ति भएको बताए ।
अखिल क्रान्तिकारी गोरखाले संविधान दिवसको अबसरमा आयोजना गरेको ‘बर्तमान संबिधान निर्माणमा जनयुद्धको भूमिका’ बिषय बक्तृत्वकला प्रतियोगितालाई सम्बोधन गदै उनले माओबादीले सञ्चालन गरेको जनयुद्धले नेपालको आमूल परिवर्तन सम्भव भएको बताएका हुन् ।
केन्द्रीय सदस्य अधिकारीले ‘टुक्रे राज्यलाई एकता गरेर जसरी गोरखाका राजा पृथ्वीनारायण शाहले ठूलो राज्यको राजा हुने हेतुले नेपाली जनतालाई साथमा लिएर युद्ध लडे त्यो पनि एक किसिमको जनयुद्ध नै थियो, उनले भने, ‘त्यो भन्दा पछि नेपालमा संगठित, व्यवस्थित, योजनाबद्ध उठान पैठान सञ्चालन कम्रेड प्रचण्डको नेतृत्वमा दश बर्ष जनयुद्ध भयो, यो नै नेपालको सर्वोत्कृष्ट युद्ध हो ।’ उनले जनयुद्ध अझै नसिद्धिएको भन्दै अहिले एउटा प्रक्रियामा पुगेर स्थगन मात्र भएको बताए ।
‘हरहालतको असमानताको अन्त्य नहुदासम्म भिन्न ढंगले नेपालमा जनयुद्ध चलिरहन्छ, नेता अधिकारीले भने, प्राकृतिकले दिएको बाहेकका असमानताहरु, बिभेदहरु अन्त्य गर्न सकिन्छ, असमानताका केही अबशेषहरु बाँकी रहदासम्म जनयुद्ध चलिरहन्छ ।’ उनले जनयुद्धलाई भिन्न ढंगले बाटो मोडेर शान्ति प्रक्रिया मार्फत पार्टीले यसलाई नयाँ ढंगले योजनाबद्ध ढंगले अगाडी बढाइरहेको समेत बताए ।
जनयुद्धको जगमा बनेको संबिधानले देशलाई समाजबादमा पुग्ने आधार प्रस्तावनामा नै उल्लेख गरिएको भन्दै उनले समाजबादको नाम सुन्दैमा रिस उठ्ने शक्तिहरुले समेत त्यसमा सहमति जनाउन बाध्य भएको बर्ताए । संबिधान निर्माणका क्रममा अझै माओबादीले समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी राष्ट्पतिका बिषयमा नोट अफ डिसेन्ट लेखेको भन्दै यि बिषयलाई आउदो निर्वाचनपछि आन्दोलनको रुपमा उठाएर देशलाई समाजबादी दिशामा लैजाने तर्फ पार्टीको ध्यान केन्द्रित भएको बर्ता ए ।
‘अहिलेको संबिधान कार्यान्वयन हुनु भनेको देशमा समाजबादी संरचनाको आधार तयार हुनु हो, नेता अधिकारीले भन्े, समाजबाद भनेको सबै वर्ग समुदायका बिचमा रहेका प्राकृतिक बाहेका बिभेदहरुको अन्त्य हुनु हो अब त्यो दिशामा पार्टी अगाडी बढ्छ ।’


