गोरखा । गोरखा सदरमुकामको खेलकुद मैदान आजदेखी ‘तेस्रो गोरखकाली मेला’ सुरु भएको छ ।
हरमटारी क्बलद्वारा आयोजना गरिएको मेला असोज १४ गतेसम्म सञ्चालनमा आउने महासचिव किरण ढकालले जानकारी दिए ।
मेलाको आज पूर्व सांसद तथा माओवादी नेता हरिराज अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेएको आयोजक संस्थाले जानकारी दिएको छ ।
मेलामा ब्यापारी स्टलका साथै बाल उद्यान र जाती विशेषको परिकारका साथै कृषि उत्पादनका सामाग्रीहरु राखिएको छ ।
मेलामा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने पनि आयोजकले जानकारी दिएको छ । १४५ वटा स्टल रहेको मेलाको करिब ३५ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
हेराै तस्बिरहरु

मेलाको पहिलो दिन मंगलबार हरमटारीको खेलकुद मैदानबाट सुरु भएको रर्यालीले नगरको विभिन्न स्थानको परिक्रमा गरेर मेला स्थलमा पुगेर समापन गरेको थियो ।












































