गोरखा । संबिधान दिवसको अबसरमा पारेर आज नेकपा (माओबादी केन्द्र)को भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन (क्रान्तिकारी) ले बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
नगरपालिका स्तरीय बक्तृत्वकला प्रतियोगितामा द वल्र्ड क्यापिट बोडिङ स्कुलकी छात्रा प्रजिता बाँनिया प्रथम भएकी छिन् ।
‘बर्तमान संबिधानमा जनयुद्धको भूमिक’ बिषयक प्रतियोगितामा महालक्ष्मी माध्यामिक बिधालयकी छात्रा नमुना गिदेलमगर दोस्रो र महेन्द्र माध्यामिक बिधालयका छात्रा मन्दिप लामा तेस्रो हुन सफल भएकन छन् । प्रतियोगितामा मनकामना बोडिङ स्कुलका छात्र खेमकुमार घले सान्त्वना भएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १२ हजार, तेस्रो हुनेलाई १० हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई ८ हजार रुपैया नगद सहित प्रमाण पत्र प्रदान गरिएको अखिल क्रान्तिकारी गोरखाका अध्यक्ष बिष्णु पाण्डेले जानकारी दिए ।
प्रतियोगितमा फरक क्षमता भएकी सहभागी छात्रा स्वेच्छा देवकोटलाई पनि फरक क्षमता बिशिष्ट पुरस्कार स्वरुप २ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा गोरखा नगरपालिका भित्रका १४ बिधालयका २४ जनाको सहभागिता छात्र र छात्राहरुको रहेको थियो । प्रतियोगितामा सहभागी हुने सवै बिधालय तथा सहभागी प्रतिस्पर्धीहरुलाई प्रमाण पत्र प्रदान गरिएको अखिल क्रान्तिकारी गोरखाले जनाएको छ ।
नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं निबर्तमान संघिय सांसद हरीराज अधिकारी (कुमार) को प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा बैकल्पिक केन्द्रीय सदस्य तथा निवर्तमान गण्डकी प्रदेशका कृषिमन्त्री लेखबहादुर थापा, जिल्ला समन्व्य समिति गोरखाका संयोजक मोहनबहादुर थापामगर, माओबादी केन्द्र गण्डकी प्रदेश समितिका सदस्य एवंम अखिल क्रान्तिकारी गोरखाका फ्याक्सन इन्चार्ज अकुर तिमेल्सिना (आयाम), अखिल क्रान्तिकारी गण्डकी प्रदेशका इन्चार्ज क्षितिज सापकोटा, लगायतको सहभागिता रहेको थियो ।


