गोरखा । नेकपा कम्युनिष्ट पार्टी (माओबादी केन्द्र)को युवासंग संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) को गोरखा जिल्ला इन्चार्जमा लक्ष्मी रम्तेल चयन भएकी छिन ।
वाइसिएलको केन्द्रीय सदस्य समेत रहकी रम्मेतलाई जिल्ला संगठनको इन्चार्जको जिम्मेवारी दिएको हो ।
इन्चार्ज रम्तेलले संगठनले दिएको जिम्मेवारीलाई कुशलता पूर्वक पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन । उनले वाइसिएललाई थप शसक्त र मजबुत पादै पार्टीको खम्बाको रुपमा संगठनलाई स्थापित गर्ने बताइन ।
संगठन भित्र निर्भिक र निडर नेतृको रुपमा स्थापित रम्तेल गोरखमा वाइसिएलको इन्चार्जसिप सम्हाल्ने पहिलो महिला समेत बन्नु सफल भएको छ ।
सिरानचोक गाउँपालिका घर भएकी नेतृ रम्तेल नेकपा माओबादी केन्द्र सिरानचोक गाउँपालिका समितिको जिम्मेवारीमा समेत छन् ।




















