गोरखा । भीमसेन थापा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) ले आजबाट जनश्रमदान सुरु गरेको छ ।
गाउँपार्टी समितिको योजना र रणनीतिमा पार्टीका सदस्यहरु तथा भातृसंगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) का नेता कार्यकर्ताहरु जनश्रमदानमा होमिएको हो ।
सातौ संबिधान दिवसको अबसरमा पारेर पालिका भित्रका सडक मर्मत, नाला सरसफाई, गोरेटो बाटो मर्मत लगायतका काममा श्रमदान थालेको गाउँपालिका समितिका अध्यक्ष सुजन पाण्डे (बिनोद) ले जानकारी दिए ।
‘पार्टीमा आबद्ध युवाहरुलाई श्रमदानसंग जोड्ने योजना अन्तरर्गत बिकास निमार्णको काम गर्न लागिएको हो, उनले भने, ‘बिशेष गरी गाउँपालिकाले लाईफलाईन सडकको रुपमा लिएका सडकहरु पहिलो चरणमा मर्मत गरिने छ ।’ अध्यक्ष पाण्डेले बर्खाले क्षती पुर्याएको सडकहरु सवारी सञ्चालन हुन नसकी रहेका बेला ति सडक खण्ड सूचारु गर्नका लागि युवाहरु श्रमदानमा होमिएको बताए ।



