गोरखा । सातौं संविधान दिवश विविध कार्यक्रम गरेर मनाइएको छ । दिवशको अवशरमा जिल्ला सदरमुकामको अफिस एरिया सरसफाई गरिएको छ भने गोरखा अस्प्तालमा फलफुल बितरण गरेर मनाइको हो ।
सोमबार बिहान ७ बजेदेखी जिबिस चोकबाट भित्री सडकमा रहेको सरकारी कार्यालयको परिषरमा सरसफाई गरिएको थियो ।
सरसफाईमा नेपाल प्रहरी, शसत्र प्रहरी र नेपाली सेनाको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल र प्रहरी उपरिक्षक केदार खनालको उपस्थिती रहेको थियो ।
त्यस्तै गरी, आजै बिहान गोरखा अस्पतालमा फलफुल बितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना तथा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र अखिल नेपाल सरकारी अस्थायी करार कर्मचारी संगठनको समन्वयमा अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफुल बितरण गरिएको थियो ।

भोली असोज ४ गते मंगलबार भने नेपाल रेडक्रस सोसाईट जिल्ला शाखा गोरखाको आयोजनामा बोक्सेपानी धारा क्षेत्रमा रहेको रक्त्त सञ्चार केन्द्र रक्त्तदान कार्यक्रम आयोजना गरिएको छ ।

प्रशासनले जिल्ला स्थित सबै सरकारी तथा संघ संस्थालाई पत्राचार गर्दै कार्यक्रम तालिका अनुसार संविधान दिवस मनाउन भनेको छ ।




















