गोरखा । जिल्ला सदरमुकाममा विविध कार्यक्रम गरि संविधान दिवश मनाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाले सबैलाई पत्राचार गर्दै सोमबार र मंगलबार जिल्ला सदरमुकाममा रक्त्तदान, सरसफाई र फलफुल बितरण गरेर संविधान दिवश मनाउन भनेको हो ।
कार्यक्रम अनुसार भोली सोमबार बिहान ७ बजेदेखी जिबिस चोकबाट भित्री सडकमा सरसफाई गर्ने र बिहान ८ बजे गोरखा अस्पतालमा भएका बिरामीहरुलाई फलफुल बितरण गर्ने कार्यक्रम तय गरीएको छ ।
त्यस्तै गरी, ४ गते मंगलबार नेपाल रेडक्रस सोसाईट जिल्ला शाखा गोरखाको आयोजनामा बोक्सेपानी धारा क्षेत्रमा रहेको रक्त्त सञ्चार केन्द्र रक्त्तदान कार्यक्रम आयोजना गरिएको हो ।
प्रशासनले जिल्ला स्थित सबै सरकारी तथा संघ संस्थालाई पत्राचार गर्दै कार्यक्रम तालिका अनुसार संविधान दिवस मनाउन भनेको छ ।



