गोरखा । एकिकृत अखिल नेपाल शिक्षक संगठनद्धारा गोरखाले जिल्लाको ३ वटा पालिकामा अधिबेशन सम्पन्न गरेको छ ।
संगठनले गोरखा नगरपालिका, अजिरकोट गाउँपालिका र सिरानचोक गाउँपालिका अधिबेशन सम्पन गरेको हो ।
शनिबार गोरखा सदरमुकाम स्थित पाटेचौरमा भएको संगठनको दोस्रो नगरअधिबेशनले तेजबहादुर नेपालीको अध्यक्षतामा २१ सदस्सीय नगरसमिति चयन गरेको छ ।
अघिबेशनबाट संगठनको बरिष्ठ उपाध्यक्षमा सुनिल अर्याल, महिला उपाध्यक्षमा सरिता भट्ट, उपाध्यक्षमा राजकुमार राई चयन हुनु भएको छ ।
सोही अधिबशेनले सचिवमा टेकबहादुर उपरकोटी, कोषाध्यक्षमा अञ्जना आले र सदस्यहरुमा भीमनारायण श्रेष्ठ, चिरिञ्जीवि रेग्मी, मानबहादुर श्रेष्ठ, मानबहादुर श्रेष्ठ, राजन सिर्मल, बिष्णुहरी वाग्ले, मिस्टर धिताल, नरोत्तम कट्टेल, कृृष्ण बसेल, शंकरबाबु खत्री, सूर्यबहादुर बाँनिया, रज्मदिन मियाँ, जैवु निस्सा मियाँ र प्रमिला कुमाललाई चयन गरेको छ ।

त्यस्तै सिरानचोकमा भएको संगठनको भेलाले हासबहादुर तामाङलाई अध्यक्षमा चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा इश्वर गुरुङ, सचिवमा राजेश भण्डारुी महिला उपाध्यक्षमा अञ्जुला पाण्डे, कोषाध्यक्षमा राजुबाबु कुमाल चयन हुनुभएका छन् ।

सदस्यहरुमा नारायण ढकाल, बिमला बस्ताकोटी, बधुमाया बराम, खमबहादुर नेपाली, इन्द्रलाला देवकोटा, मोहम्मद मियाँ, बलराम ढकाल, मञ्जु पोखरेल, किशोर पन्त, बिश्वनाथ वाग्ले, दुर्गा कुमारी डाँगी, प्रकाश उपरकोटी, ऋषिराम मरहट्टा चयन भएका छन् ।
बाँकी ५ जना पहिलो बैठकले मनोनित गर्ने जनाइएको छ ।
उता अजिरकोट गाउँपालिकामा पनि अधिबेशन सम्पन्न भएको संगठनले जनाएको छ । सम्पन्न अधिवेशनको नामावली भने सार्वजनिक गरिएको छैन ।



