गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाको अश्राङमा १२० जना आँखाका बिरामीहरुको निःशुल्क आँखाको अप्रेसन गरिएको छ ।
गाउँपालिका भित्र भदौं १८ गतेदेखि सुरु भएको आँखा शिविरमा आँखाको जाँच गराएका मध्ये अप्रेसन गर्नुपर्ने बिरामीहरुको आँखाको अप्रेसन गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए ।
भीमसेन थापा गाउँपालिकाको आयोजना, श्री जनचेतना युवा क्लब, नेपाल नेत्रज्वोती संघ हिरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान भरतपुर आँखा अस्पताल चितवन, नेत्रहिन संघ पुनःस्थापना कार्यक्रम गोरखाको स्वामित्वमा निःशुल्क आँखा शिविर सञ्चालन भएको हो ।
भदौ ३१ गतेसम्म भएको शिविरमा १ हजार भन्दा बढी आँखाका बिरामीहरुले आँखा जाँच गराएको गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाले टोलटोलमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जारा (अक्कल) ले जानकारी दिए ।
सदरमुकाम तथा जिल्ला बाहिर गएर आँखा जाँच तथा अप्रेशन गर्न नसक्नेहरुका लागि टोलमा गएर उपचार गराएर अप्रेसन गर्नुपर्ने बिरामीहरुको भदौ ३० र ३१ गते अश्राङ स्वास्थ्य चौकीमा अप्रेसन शिविर सञ्चालन गरिएको थियो ।
गाउँपालिकाले ८ वटा वडाकाे १० स्थानमा शिविर सञ्चालन गरेको थियो ।


