गोरखा । रास्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति गोरखाको आयोजनामा १ दिने पार्टी प्रशिक्षण शिविर सम्पन्न गरेको छ ।
गोरखा सदरमुकाममा भएको प्रशिक्षण शिविरमा जिल्लाभरका ५० भन्दा बढी अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको राप्रपा गोरखाले जनाएको छ ।
प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि समेत रहेका पार्टीका केन्द्रीय सदस्य रामराज कोइरालाले पार्टीको योजना कार्यक्रम तथा आगामी निर्वाचनमा खेल्नुपर्र्ने भूमिका लगायतका बिषयमा सहभागीहरुलाई प्रशिक्षण गराएका थिए ।
उनले पार्टीले लिएका एजेण्डलाई जनता माझ पु¥याएर जनताको मन जित्ने गरी काम गर्न अगुवा कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका थिए ।
प्रशिक्षण शिविरमा पार्टीका केन्द्रीय सदस्य शंखर खराल, पार्टी गण्डकी प्रदेश समितिका उपाध्यक्ष उपाध्यक्ष राजेन्द्र बिक्रम शाह, सचिब बरुण बिक्रम राना लगायतले प्रशिक्षण मुलक मन्तव्य राखेका थिए ।
राप्रपा जिल्ला अध्यक्ष भगवान दासमल्लको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष भिषण अर्याल, जिल्ला पार्टी सचीव रमेश रमण खनाल लगायतले जिल्ला पार्टीको अबस्था बारेमा जानकारी गराएका थिए ।




















