गोरखा । बारपाक सुलिकोट गाउँपालिका स्तरीय अखिल नेपाल महिला संघ क्रान्तिकारीको भेलाले जानुका पनेरुलाई अध्यक्षमा चयन गरेको छ ।
भेलाले पनेरुको अध्यक्षतामा २५ सदस्सीय गाउँपालिका समिति समेत चयन गरेको छ ।
भेलाले उपाध्यक्ष बिष्णु गुरुङ, सचिवमा दिलकुमारी गुरुङ, सहसचिवमा तिलकुमारी गुरुङ र कोषाध्यक्षमा आशिका गुरुङ चयन गरेको अध्यष पनेरुले जानकारी दिईन ।
भेलामा गाउँपालिका पालिकाकी उपाध्यक्ष तथा पार्टीको गण्डकी प्रदेश समितिकी सदस्य सनमाया गुरुङ, नेताहरु शुभप्रभात नेपाली, वडा नम्बर ६ का वडाध्यक्ष बाबुलाल गुरुङ लगायतको उपस्थिती रहेको थियो ।
भेलालाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएकी नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रकी केन्द्रीय सदस्य भगवती तिवारीले अनेमसंघ क्रान्तिकारीले पार्टी निर्माणमा खेलेको भूमिकाको प्रशंसा गरेकी थिइन ।


