गोरखा । गोरखा सदरमुकाममा डेंगुको संक्रमण उच्च देखिन थाले संगै नगरपालिकाले आजदेखी ‘खोज र नष्ट गर’ अभियानको थालीन सुरु गर्ने भएको छ ।
केही दिन यता सदरमुकाम क्षेत्रमा संक्रमण दर उच्च देखिएको भन्दै ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न लागिएको गोरखा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ईश्वर ढकालले जानकारी दिए ।
शाखाले सूचना जारी गर्दै पालिका भित्र रहेको सबै साुमदायिक, संस्थागत र परम्परागत बिद्यालय, सरकारी स्वास्थ्य चौकी तथा निजी स्वास्थ्य संस्थाहरु, वडा कार्यालय, टोल बिकास संस्थालाई लामखुट्टले फुल पार्न सक्ने सम्भावित स्थानहरुको सरसफाईमा विशेष ध्यान दिई लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ साप्ताहिक अभियान सञ्चालन गर्न भनेको छ ।
शाखाले जारी गरेको सूचनामा यही भाद्र ३१ गते शुक्रबारदेखी असोज ६ गते बिहीबारसम्म १० बजेबाट अभियानको थालनी गर्न भनेको छ ।
नगरपालिकाले जारी गरेको सूचनामा ‘गोरखा नगरपालिका क्षेत्रभित्र डेंगु रोग देखा परिरहेको र देशै भर डेंगुको प्रकोप बढिरहेको सन्दर्भमा डेंगु रोग नियन्त्रण तथा रोकथामको लािग उपयुक्त विधि भनेको ‘रोज र नष्ट गर’ भन्ने अभियानका लागि लामखुट्टेको बृद्वि तथा बिकास सफा र स्थिर पानीमा हुने भएकाले आफ्नो घर, बिद्यालय, कार्यालय र टोल वरपर लामखुट्टेले फुल पार्न सक्ने सम्भावित स्थानहरुको सरसफाईमा विशेष ध्यान दिन’ भनेको छ ।

साउन १ गतेदेखी भाद्र ३० गतेसम्म मात्रै गोरखा नगरपालिका भित्र ४१ जना डेंगुका बिरामी फेला परेका छन् ।




















