गोरखा । गोरखामा डेंगु रोगको संक्रमणबाट १ जना बालिकाको मृत्यु भएको छ । मृत्तक बालिका पालुङटार नगरपालिका १० घर भई गोरखा नगरपालिकाको सन्त जोसफमा अध्ययन गर्दै आएकी बालिका भएको पुष्टी भएको छ ।
उच्च ज्वरो सहितका समस्या देखिएपछि बालिकालाई उपचारका लागि गोरखा अस्पताल ल्याइएको थियो । ७ वर्षकी ति बालिकालाई गोरखा अस्पतालले गएको शनिबार राजधानीको कान्तिबाल अस्पताल रेफर गरेको थियो ।
बिहीबारसम्म स्कुल पढन आएकी बालिकामा उच्च ज्वरो देखिए पछि उनका अभिवाकहरुले गोरखा अस्पताल भर्ना गरेका थिए । गोरखा अस्प्तालबाट रेफर गरिएकी ति बालिकालाई कान्ति बाल अस्पतालमा आईसियुको बेड खाली नभएको भन्दै नेपाल भारत मैत्री अस्पतालमा भर्ना गरिएको थियो ।
कक्षा २ मा अध्ययरत उक्त बालिकाको उपचारको क्रममा सोमबार ज्यान गएको थियो । बालिकाको निधनमा सन्त जोसेफले मंगलबार स्कुल बन्द गराएको थियो ।
पछिल्लो समय गोरखामा पनि डेंगुको संक्रमण बढ्दै गएकाले भन्दै सबै स्थानिय तह र स्वास्थ्य संस्थालाई आवश्यक सावधानी अपनाउन भनिएको छ ।

स्वास्थ्य कार्यालय गाेरखाबाट बिहीबार प्राप्त बिवरण
यो आर्थिक बर्षको साउन १ गतेदेखी भाद्र ३० गतेसम्म गोरखामा मात्रै ५८ जना डेंगुका बिरामी फेला परेको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिए । जस अन्तरर्गत गोरखा नगरपालिकामा ४१ जना, आरुघाट गाउँपालिकामा ११ जना, पालुङटार नगरपालिकामा ४ जना र गण्डकी र भीसमेन थापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको हो ।


