गोरखा । रोटरी क्लब अफ गोरखाले गोरखा नगरपालिका र गोरखा अस्पताललाई ह्विल चियर र सरसफाई सामाग्री हस्तान्तरण गरेको छ । क्लबले नगरपालिकालाई ३ थान ह्विलचियर र गोरखा अस्पताललाई ९० लिटर सरसफाई सामाग्री प्रदान गरेको हो ।
क्लबले मंगलबार र बुधबार गरी दुई दिनमा नगरपालिकालाई ह्विल चियरका साथै गोरखा अस्पताललाई हात धुने झोल साबुन ८० लिटर र स्यानिटाईजर १० लिटर हस्तान्तरण गीरएको अध्यक्ष कृष्ण ढकालले जानकारी दिए ।
गोरखा नगरपालिकालाई प्रदान गरिएको ह्विल चियर रोटरी क्लब अफ धुलिखेल र पोखरा समन्वयबाट ताईवानबाट प्राप्त भएको हो । क्लबले उक्त ह्विल चियर ताईवानदेखी गोरखासम्म ल्याउन मात्र प्रति चियर ३ हजार ५०० भाडाँमा खर्च भएको क्लबले जनाएको छ ।
हस्तान्तरण गरिएको ह्विल चियर नगरपालिकाभित्रका अपांगता भएका नागरिकलाई सहजताका लागि प्रदान गथरिएको अध्यक्ष ढकालले बताए । ह्विल चियर नगरप्रमुख कृष्णबहादुर राना मगर, उपप्रमुख सपना पुनः थोकर र प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकाललाई हस्तान्तरण गरिएको क्लबले जनाएको छ ।
त्यस्तै गरी बुधबार गोरखा अस्पतालमा प्रदान गरिएको सरसफाई सामाग्री भने सारथी फाउण्डेनबाट प्राप्त भएको हो । उक्त सामाग्री गोरखा अस्पतालका निमित्त मेडिलकल सुपेरिटेन्डेन्ट डा.हरीकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको क्बलले जानकारी दिएको छ ।



