गोरखा । गोरखाको मझुवामा जिपको ठक्करबाट १ युवकको मृत्यु भएको छ । गोरखा–आँबुखैरेनी सडक खण्ड अन्तरर्गतको मझुवा प्रहरी चौकी नजिकै बुधबार बोलेरो जिप र मोटरसाईकल एक आपसमा ठक्कर खादा मोटरसाइकल चालक गोरखा नगरपालिका ७ निवासी १८ बर्षिय आशिष बस्यालको मृत्यु भएको हो ।
गोरखा नगर पालिका–१३ को मझुवा देउरालीमा भएको दुर्घटनामा परि गंम्भिर घाईते भएका मोटरसाईकल चालक बस्यालको उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
बस्यालको उपचारको क्रममा नै बुधबार नै मृत्यु भएको हो ।
गोरखाबाट आवुखैरेनी तर्फ जाँदै गरेको ग. २ च २२९१ नम्बरको बोलेरो जिप र आँबुखैरेनीबाट गोरखा बजार तर्फ आउँदै गरेको बा. ५६ प २४०८ नम्बरको मोटसाईकल एक आपसमा ठक्कर खाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।




















