सन्दर्भ तस्बिर
गोरखा । वैदेशिक रोजगारीको सिलसिलामा यूएई (दुबई)मा कार्यरत रहदा मृत्यु भएका १ युवकको शव स्वदेश ल्याउन रकम संकलन अभियान थालिएको छ ।
भिमसेन थापा गाउँपालिका–८ निबासी गुरुङको शव स्वदेश ल्याउन रकम संकलन अभियान थालनी गरिएको स्थानिय विण्णुनारायण श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठकै पहलमा वैदेशिक रोजगारीमा रहेका बोर्लाङ बासीहरुले तर्फबाट ९२ हजार ८७५ रुपैयाँ सहयोग सङ्कलन भएको पनि भीमसेन थापा गाउँपालिका ८ का वडाध्यक्ष विष्णु कुमार श्रेष्ठले जानकारी दिए ।
वडाध्यक्ष श्रेष्ठका अनुसार दुबई र मलेसियामा काम गर्ने स्थानिय युवाहरुले आइएमइ मार्फत पठाएको उक्त रकम मृत्तक गुरुङको आमा मनमायाँ गुरुङलाई हस्तान्तरण गरिएको छ ।
विगत २ बर्षदेखी युएईमा कार्यरत गुरुङ डिउटी जाने क्रममा अचानक डलेको र उपचारका क्रममा शारहजास्थित कुवेती अस्पतालमा मृत्यु भएको थियो ।
दुई सातादेखि अस्पतालको ईमेर्जेन्सी वार्डमा राखेर उपचार भइरहेका गुरुङको गत भदौ १ गते बिहान मृत्यु भएको पारिवारी स्रोतले जनाएको छ ।
चिकित्सकका अनुसार गुरुङको टाउकोमा रगत जमेको (ब्रेन हुम्ब्रेज) कारण मृत्यु भएको हो ।



