सन्दर्भ तस्बिर
गोरखा । बारपाक सुलिकोट गाउँपालिका–६ ताकुकोट घर भएका विकेश गुरुङको राजधानीको एक होस्टलको छतबाट खसेर मृत्यु भएको छ ।
काठमाण्डौं महानगरपालिकाको सामाखुशीमा रहेको क्रिष्टल ब्वाईज होस्टलमा बस्दै आएको २२ बर्षिय गुरुङको सोही होस्टलको तेस्रो तलबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डौंले पुष्टी गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाण्डौंका प्रहरी उपरिक्षक दिनेशराज मैनालीका अनुसार सोमबार बिहान १० बजे गुरुङ होस्टलको छतबाट खसेर गंभिर घाईते भएका थिए । गंभिर घाईते गुरुङको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्युभएको हो ।
ब्रिटीस गोरखामा जानका लागि विकेश क्रिस्टल ब्वाईज होस्टलमा बस्दै आएको खुल्न आएको र घटनाको बारेमा अनुसन्धान भई रहेको प्रहरी उपरिक्षक मैनालीले जानकारी दिए ।




















