गोरखा । गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो क्षेत्रमा रहेको शिवालय मन्दिर प्राङगढमा ठूलो भ्वाङ्ग परेको छ ।
गएराती मन्दिर अगाडीको जमिन भासिएर भ्वाङ्ग परेको स्थानीय बासी अमृत लामिछाने (सुरेन) ले जानकारी दिए । ‘मन्दिर संगैको जमिन भाँसिएर ठूलो खाडल बनेको छ’ उनले भने, ‘खाडल झण्डै ३० फिट गहिरो परेको छ ।’
जमिन भाँसिएपछि मन्दिर समेत जोखिममा परेको छ । गोरखा नगरपालिका वडा नम्बर ५ को कार्यालयको ५ लाख रुपैयाँको लागत र स्थानीयबासीहरुको जनश्रमदानमा गएको बर्ष उक्त मन्दिर निर्माण सम्पन्न भएको थियो ।
गत बर्ष शिवरात्रीको दिन उक्त मन्दिरको उद्घाटन गरिएको थियो । मन्दिर उद्घाटनका दिन मन्दिर भित्र नाग आएर बसेपछि स्थानीयबासीहरुले नाग देवता भएको भन्दै पुजाआजा समेत गरेको सुरेनले जानकारी दिए ।
तस्बिर सुरेन लामिछाने


