गोरखा । शरद ऋतुमा गोरखाको मनास्लु हिमाल चढ्न ३८३ जनाले आरोहण अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार सोमबारसम्म यस सिजनका लागि ३५ समूहका ३८३ जनाले आरोहण अनुमति लिएका हुन् ।
विश्वमा नै ‘किलर माउन्टेन’ को नामल परिचित मनास्लु हिमाल ८ हजार १६३ मिटर अग्लो छ ।
अनुमति लिनमा ९१ जना महिला र २८२ जना पुरुष रहेको पनि विभागले जनाएको छ ।
यसै सिजनको लागि विश्व चर्चित सगरमाथाको लागि भने १ समूहका ४ जनाले मात्र अनुमति लिएका छन् । बढी हिउँ पर्ने भएकाले शरद ऋतुमा सगरमाथा आरोहणका लागि भने उपयुक्त सिजन मानिदैन ।
यो सिजनमा कुल ५९ वटा मुलुकका नागरिकले अनुमति लिएका छन् । जसमा सबैभन्दा धेरै अमेरिकाबाट ४८ जनाले अनुमति लिइसकेका छन् ।
त्यस्तै गरी, भारतबाट २९, इरानबाट २५, फ्रान्सबाट २३, स्पेनबाट २० जनाले अनुमति लिएको विभागले जनाएको छ ।
आरोहण अनुमतिबाट यो सिजनमा मात्र नेपालले ५ करोड ३ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ ।


