×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

सिरानचोक–गोरखा दरबार म्याराथुन : सेनाकै दवदवा

  •  गोरखा समाचार
  • आइतबार, भदौ २६, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । ‘लिगलिगकोट–सिरानचोक–गोरखा दरबार दोस्रो खुल्ला म्याराथुन दौड २०७९’ सम्पन्न भएको छ । दोस्रो पटकको म्याराथुनमा पनि नेपाली सेनाकै जवानहरुले पदक हात पारेका छन् ।

    यस पटक ३ घण्टा ११ मिनेटमा निर्धारित दुरी पार गर्दै शनिवार नेपाली सेनाको भबानी दल गणका जमदार तिर्थबहादुर तामाङ बिजयीले १ लाख ५० हजार नगद सहित प्रमाण पत्र र मेडल हात पारे ।

    गोरखा र पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका तथा नेपाली सेनाको रिपुमर्दन गणको संयुत्त आयोजनामा भएको म्याराथुनमा ३ घण्टा १२ मिनेटमा निर्धारित दुरी पार गर्दै भारतीय सेनामा कार्यरत अनिश थापा मगरले पार गरेका थिए । थापामगरले भने १ लाख नगद सहित प्रमाणपत्र र मेडल हात पारेका थिए ।

    उता म्याराथुनमा तेस्रो स्थान भने नेपाली सेनाको बरख गणका मोहनदेव जोशीले हात पारेका छन् । उनले निर्धारित दुरी ३ घण्टा १५ मिनेटमा पुरा गरेको आयोजकले जनाएको छ । जोशीले नगद ७५ हजार सहित मेडल र प्रमाणपत्र हात पारेका थिए ।

    पहिलो म्याराथुनमा पनि नेपाली सेनाकै दवदवा रहेको थियो । यस पटक पनि नेपाली सेनाका विभिन्न पदका ब्यक्तिले पदक हात पार्न सफल भएका छन् । चौथो स्थानमा चण्डिप्रसाद गणका देबराज महतारा र पाँचौ स्थानमा भिमकाली गणका गोबिन्द कार्की पर्न सफल भएका छन् । महताराले नगद ५० हजार र कार्कीले ३५ हजार नगद सहित मेडल र प्रमाणपत्र हात पार्न सफल भएका हुन् ।

    आयोजकले १०औं स्थानसम्मका खेलाडीलाई नगदको ब्यवस्था गरेको थियो । त्यस्तै गरी छौठौं स्थानमा सोलोखुम्बु महाकुलुङका अर्जुन राई कुलुङ, सातौं स्थानमा महेन्द्र दल गणका थमबहादुर अधिकारी र आठौं स्थानमा गोरखा सिरानचोक ५ गोरखाका अशोक बराम पर्न सफल भएका थिए । त्यस्तै गरी नवौं स्थानमा भुतपूर्व सैनिक रैबतबहादुर दाहाल र दसौं स्थानमा महाविर सौर्य गणका बिमल खड्का पर्न सफल भएका थिए । उनीहरुले ३०, २५, २०, १५, १० हजार नगद सहित मेडल र प्रमाणपत्र पाउन सफल भएका थिए ।

    इतिहासको प्रर्वद्धन गर्ने र एकिकृत ट्रेलको रुपमा बिकास गर्ने गरी नेपाली सेनाको सहकार्य गर्दै गोरखा र पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाले पहिलो पटक २०७६ सालमा म्याराथुन सुरु गरेको थियो ।

    कोरोना महामारीका कारण रोकिएको म्याराथुन २ बर्ष पछि फेरी आयोजना गरिएको हो । जिल्लामा यो नै ठुलो राशीको भ्याराथुन हो ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, भदौ २६, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.