गोरखा । हिमानी ट्रष्टले आज गोरखाको करिब ४ हजार बिद्यार्थीहरुलाई शैक्षिक तथा स्वास्थ्य सामाग्रीहरु बितरण गरेको छ । ट्रष्टले शनिबार गोरखा सदरमुकाममा एक कार्यक्रम आयोजना गर्दै ३ हजार ७५० जना बिद्यार्थीहरुलाई उक्त सामाग्री बितरण गरेको हो ।

शाहका साथमा उनकी छाेरी
ट्रष्टका अध्यक्ष हिमानी शाहले कार्यक्रममा जिल्लाका ४० बिद्यालयका ३ हजार ७५० जना बिद्यार्थीहरुलाई सामाग्री बितरण गरेकी थिइन ।
चाइना फाउण्डेन मार्फत प्राप्त उक्त सामाग्रीलाई ट्रष्टले आवश्यकताको आधारमा स्कुले बिद्यार्थीहरुलाई बितरण गरेको हो ।

चाइना पिपुल फाउण्डेशनद्वारा प्रदान गरिएकाे शैक्षिक सामाग्री
ब्याग भित्र नेपाली तथा अग्रेजी एक्सरसाइज बुक, कलर बक्स, स्टेशनरी बक्स, पेन्सील, हेल्थ ब्याग, लन्च बक्स, वाटर बोटल, टावेल जस्ता दैनिक प्रयोगमा आउने सामाग्री राखिएको ट्रष्टले जनाएको छ ।

स्थानिय महिलाले शाहलाई सम्मान गर्दै
साथै ब्यागमा फेस माक्स, साबुन, मन्जन, व्रस, ब्यान्डेज र फ्रेण्डसिप कार्ड समेत राखिएको ट्रष्टले जानकारी दिएको छ ।
ट्रष्टका अध्यक्ष शाह शुक्रबार नै गोरखा सदरमुकाम आएका हुन । उनले आज बिहानै पुख्यौली कुलदेवताको रुपमा पुज्दै आएको गोरखकाली मन्दिर र गोरखनाथको दर्शन समेत गरेकी थिइन ।
छोरीको साथमा गोरखा आएकी शाहलाई नेपाल प्रहरी र शसत्र प्रहरीले सुरक्षा ब्यवस्था मिलाएको थियो ।




















