गोरखा । अजिरकोटमा ‘दोस्रो दशै कप भलिबल प्रतियोगिता’ हुने भएको छ । नेपालीहरुको महान चाढ बडा दशैको अवसरमा गोगनपानी युवा क्लबको आयोजनामा असोज १४ गतेदेखि १६ गतेसम्म भलिबल प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगितामा प्रथम, द्धितिय तथा सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद पुरस्कारको व्यवस्था गरिएको क्लबका बरिष्ठ सल्लाकार मोहन गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रथम, द्धितिय हुनेलाई क्रमश रु २५ हजार, रु १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
त्यस्तै प्रतियोगिता भरिको सर्वोत्कृष्ट खेलाडीलाई २ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
भलिबल नेपालको राष्ट्रिय खेल भएको र यसलाई प्रवद्र्वन गर्न पनि प्रतियोगिताको आयोजना गरीएको क्लबले जनाएको छ ।
प्रतियोगिता मार्फत अजिरकोट गाउँ पालिकाको पर्यटकिय एवं धार्मिक स्थलको प्रचार प्रसारमा सहयोग पुग्ने अपेक्षा क्लबले राखेको बरिस्ठ सल्लाहकार गुरुङले बताए ।
प्रतियोगितामा सहभागी हुनका लागी २ हजार ५०० रुपैयाँ दर्ता शुल्क तोकेको छ ।



