गोरखा । गोरखा आरुघाटकी हिमाल आरोही पूर्णिमा श्रेष्ठलाई चौधरी ग्रुपले वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रिन्कस्को ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।
एक समारोह बिच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आरोही श्रेष्ठलाई ब्रान्ड एम्बासडर नियुक्त गरेका हुन ।
चौधरी ग्रुपले श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने उद्देश्यका साथ ब्रान्ड एम्बासडर नियुक्त गरेको जनाएको छ ।
यसअघि सगरमाथासहित नेपालको ८ हजार मिटरभन्दा माथि उचाइका ७ ओटा हिमालहरू आरोहण गरि सकेकी श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जाँदै छिन ।
कार्यक्रममा प्रबन्ध निर्देशक चौधरीले श्रेष्ठलाई वाइवाइको झन्डा प्रदान गरेको र उक्त झन्डा मनास्लु हिमालको चुचुरोमा पनि फहराउने कार्यक्रम रहेको जानकारी गराईएको थियो ।
आरुघाट गाउँपालिका–३ मा जन्मिनु भएकी श्रेष्ठ नेपालको हिमाल पर्वतारोहीको रुपमा परिचित हुनु थालेकी छिन। उनी पेसाले भने फोटो पत्रकार हुन् ।



