गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी गोरखाले आसन्न संघिय तथा प्रदेश निर्वाचनको लागि आकाक्षीहरुको नामावली संकलन गरेर पठाएको छ । राप्रपाको आज बसेको बैठकले संघ, प्रदेश तथा समानुपातीमा इच्छा गरेका सबैको नामावली सिफारीस गरेर पठाएको हो ।
मंगलबार पार्टीको बैठकले गोरखा क्षेत्र नम्बर १ को लागि प्रतिनिधी सभा तर्फ उदय भट्ट, मेघनाथ पाण्डे र मोहनकुमार श्रेष्ठको नाम सिफारीस गरेको हो । पार्टीले क्षेत्र नम्बर १ को समानुपाती तर्फ भने प्रेमकुमार श्रेष्ठ, अम्बिका रुपाखेती र चेतबहादुर बोगटीको नाम सिफारी गरेको छ ।
सिफारीसमा परेकाहरुमा प्रदेश तर्फ क्षेत्र नम्बर १ को (क) मा नेत्रबहादुर थापा मगर, पानमायाँ सिङखडा र सुदिप ढकाल रहेका छन् भने सोही क्षेत्रको समानुपातिक तर्फ नारायणवावु श्रेष्ठ, सम्झना लामिछाने र हरेराम अधिकारी रहेका छन् ।

प्रदेश तर्फको १ को (ख) मा भने सोमनाथ अधिकारी, कल्पना राना र उदय भट्टराईलाई प्रत्येक्ष तर्फ र यदु भट्ट, ढकबहादुर रोका र चञ्चला खडका समानुपातिक तर्फ सिफारीसमा परेका छन् ।
उता क्षेत्र नम्बर २ को प्रतिनिधी सभा तर्फ पार्टीले रामराजा कोईराला, मनमायाँ गुरुङ र भिमबहादुर गुरुङको नाम सिफारीस गरेको छ भने समानुपातिक तर्फ रुद्रराज पाण्डे, कृण्णबहादुर गुरुङ र भुजियाँ बस्नेतको नाम सिफारीस गरेको छ ।
क्षेत्र नम्बर २ को प्रदेश तर्फ (क) मा भने प्रत्येक्ष तर्फ राजेन्द्रबिक्रम शाह, सुशील पन्त र सावित्री ढकाल तथा समानुपातिक तर्फ श्रीकृण्ण पाण्डे, कुमारी गुरुङ र अविनास कोईराला सिफारीसमा परेका छन् ।
प्रदेश २ को (ख) मा भने प्रत्येक्ष तर्फ फणिन्द्र अधिकारी, जयप्रकास बगाले र सिता पोखरेल तथा समानुपातिक तर्फ भेषबहादुर कुमाल, सुनमायाँ गुरुङ र तुलसी अधिकारीको नाम सिफारीस गरिएको राप्रपा गोरखाले जानकारी दिएको छ ।


