गोरखा । आसन्न संघ र प्रदेश निर्वाचनको लागि नेकपा (एकीकृत समाजवादी) गोरखाले आकांक्षीहरुको नामावली प्रदेश पठाएको छ । समानुपातीक तर्फ नामावली सिफारीस नगरेको एकीकृत समाजवादीले गोरखा क्षेत्र नम्बर १ र २ बाट ४–४ जना नाम सिफारी गरेको जिल्ला अध्यक्ष यादवबहादुर बस्नेतले जानकारी दिए ।
अध्यक्ष बस्नेतका अनुसार प्रतिनिधी सभाको लागि गोरखा क्षेत्र नम्बर १ बाट केन्द्रिय सदस्य द्वय रजम्दिन मियाँ र कृण्णमान श्रेष्ठ, जिल्ला उपाध्यक्ष टेकराज भट्ट र सम्र्पक समिति सदस्य शर्मिला वन्तको नाम सिफारीस गरेको हो ।
त्यस्तै गोरखा क्षेत्र नम्बर २ को लागि केन्द्रिय अनुशासन आयोगका सदस्य विशेश्वर कट्टेल, केन्द्रिय परिषद सदस्य विकलकुमार श्रेष्ठ, जिल्ला सचिवालय सदस्य एवं युवा इन्चार्ज रेखा तामाङ र जिल्ला उप–सचिव अमृत काराखेतीको नाम सिफारीस गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

प्रदेश तर्फ भने एकीकृत समाजवादीले १ को (क) मा जिल्ला अध्यक्ष यादवबहादुर बस्नेतको नाम मात्र सिफारीस गरेको छ भने १ को (ख) मा जिल्ला उप–सचिव एवं केन्द्रिय परिषद सदस्य कविता अर्याल, जिल्ला सचिव नारायणध्वज खड्का, प्रदेश सदस्य प्रदिपसिंह क्षेत्री र जिल्ला सचिवालय सदस्य अञ्जन भट्टको नाम सिफारी गरेको छ ।
उता प्रदेश २ को (क) मा जिल्ला इन्चार्ज जुद्वविलास भण्डारी सहित जिल्ला सह–इन्चार्ज सानुमायाँ बस्नेत र केन्द्रिय परिषद सदस्य कल्पना कुवरको नाम सिफारी गरेको छ ।
प्रदेश २ को (ख) मा भने एकीकृत समाजवादीले ४ जना जिल्ला सचिवालय सदस्यहरु १ जना केन्द्रिय विभाग सदस्य गरी ५ जनाको नाम सिफारीस गरेको छ । जसमा टंक सारु मगर, किसान श्रेष्ठ, सकुन्तला खत्री विश्वज्योती बानियाँ तथा केन्द्रिय विभाग सदस्य डिलबहादुर गुरुङ नाम सिफारीस गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
मंगलबार प्रतिनिधी सभाको लागि सिफारीस गरेर पठाएको नामावली भने आजै प्रदेशले हुबहु केन्द्रिय कार्यायमा सिफारीस गरेर पठाएको पनि अध्यक्ष बस्नेतले जानकारी दिए ।




















