गोरखा । पालुङटारको ठाटीपोखरी बजारमा आत्माहत्या बिरुद्ध बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ ।
शिक्षा शाखाको आयोजनामा सचेतना फैलाउने उद्वेश्यका साथ यही भाद २५ गते विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको हो ।
पालिका भित्रका बिधालयबाट सहभागिता रहने गरी ‘आत्माहत्या रोकथाममा बिधार्थीको भूमिका’ बिषयक बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको नगरप्रमुख बिबस चिन्तनले जानकारी दिए ।
‘बिश्व आत्माहत्या रोकथाम दिवसको अबसरमा पारेर नगरपालिका शिक्षा शाखा, युवा तथा खेलकुद शाखा, इलाका प्रहरी कार्याल्य ठाँटी पोखरी, कोशिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्बन समुह तथा सिबि एमको सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो नगरपालिकाले जनाएको छ ।
यसबाट बिधार्थीहरुको क्षमता अभिबृद्धिमात्र होइन बिधालयका हरेक बालबालिकाहरुमा आत्माहत्या बिरुद्धको सचेना फैलाउन सकिने नगरपालिकाले विश्वास लिएको छ ।
प्रतियोगितामा नगरपालिका भित्रका माध्यामिक तहका बिधार्थीहरुको सहभागीता हुने शिक्षा शाखाले जनाएको छ ।
गोरखा जिल्लामा गत बर्ष मात्रै ६९ जनाले आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । जस मध्ये ३५ महिला र ३४ जना पुरुष रहेका छन् । यसमध्ये पनि ९ जना बालबालिका रहेका थिए । जसमा ८ जना बालिका र १ जना बालकले आत्माहत्या गरेका थिए ।



