गोरखा । जनता समाजबादी पार्टी गोरखाले आगामी मंसिरमा हुने संघ र प्रदेशका लागि जिल्लाको तर्फबाट उमेद्वार सिफारिस गरेको छ ।
जसपा गोरखा जिल्ला कार्य समितिले प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ तिलक गुरुङ र २ बाट जुना गैरेको नाम सिफारिस गरेको पार्टीका जिल्ला अध्यक्ष कुलमान गुरुङले जानकारी दिए ।
त्यस्तै संघमा समानुपातिक पुरुष तर्फ बिरबहादुर गुरुङ र महिला तर्फ धनमाया गुरुङको नाम सिफारिस गरेको छ ।
त्यस्तै गरी, क्षेत्र नम्बर १ अन्तरर्गत प्रदेश सभा (का) मा कुलमान गुरुङ, प्रदेशसभा (ख) मा सुकमाया गुरुङको नाम सिफारिस गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।
क्षेत्र नम्बर २ अन्तरर्गत प्रदेशसभा (क) मा रमेश पोखरेल र कबिन्द्र अधिकारी तथा प्रदेशसभा (ख) मा रामप्रसाद गुरुङको नाम पार्टीले सिफारिस गरेको छ ।
प्रदेश सभा अन्तरर्गत समानुपातिक तर्फ सुङमान गुरुङ र पार्वती मास्केको नाम पार्टीको गण्डकी प्रदेश समितिमा पठाएको जसपा गोरखाले जनाएको छ ।


