गोरखा । गण्डकी गाउँपालिकाले तोमनडाँडामा आजैबाट मुख्य सेवा केन्द्र सञ्चालनमा ल्याएकाे छ । गाउँपालिकाको केन्द्र सार्ने प्रयास असफल भएपछि शनिबार बसेको गाउँकार्यपालिकाको बैठकले वडा नम्बर ६ स्थित तोमनडाँडामा मुख्य सेवा केन्द्र स्थापना गरी सहज सेवा दिने निर्णय भए संगै साेमबारबाट सेवा केन्द्र सञ्चालनमा ल्याईएकाे गाउँपालिका अध्यक्ष दिपक तिमिल्सेना (साकार) ले जानकारी दिए ।
गाउँपालिका अधिकांस सेवाग्राहीलाई भुम्लिचोकसम्म पुगेर सेवा लिन असहज भएको भन्दै पालिकाले तोमन डाडाँमा मुख्य सेवा केन्द्र राखेर सेवा दिने निर्णय गरेको थियाे ।
सर्व साधारणहरुलाई परेको समस्यालाई हल साेमबारदेखी नै तोमन डाँडामा मुख्य सेवा केन्द्र खोलेर सेवा दिन थालिएकाे अध्यक्ष तिमिल्सेनाले बताए । ‘हामी संग तत्कालकालै केन्द्र सञ्चालनको लागि भवन अभाव भएको’ भन्दै अघ्यक्ष तिमिल्सेनाले भने ‘आजै कार्यपालिको बैठकले तोमडाडाँमा रहेको स्कुलको भवन चलाउने गरी निर्णय गर्ने र आजैदेखी सेवा केन्द्र सञ्चालनमा आउने छ।’
मुख्य सेवा केन्द्रबाट गाउँपालिकाको कार्यालयबाट दिईने सेवा सबै पर्ने गाउँपालिकाले जनाएको छ । कांग्रेस र एमालेबाट निर्वाचित प्रतिनिधिले पालिका केन्द्र सार्न असहयोग गरेकाले जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न मुख्य सेवा केन्द्र स्थापना गर्न लागिएको हो ।
गाउँपालिका केन्द्रको बिषयमा असहमति जनाउदै कांग्रेस र एमालेका जनप्रतिनिधिहरुले गाउँसभा नै बहिस्कार गर्दै आएका छन् ।
पालिकाको केन्द्र वनटारमा सार्नुपर्ने माओवादी केन्द्रको अडान रहेको छ भने कांग्रेस र एमाले भूम्लिचोक नै हुनुपर्ने अडान लिदै आएको छ ।
तोमनडाँडामा मुख्य सेवा केन्द्र सञ्चालनमा आए संगै सवै वडाका नागरिकहरुले सहज रुपमा सेवा लिन सक्ने पालिकाले विश्वास लिएको छ ।


