गोरखा । नेपाल कम्युनिष्ट (माओबादी केन्द्र) गोरखाले जिल्ला स्थित निर्वाचन क्षेत्र निर्वाचन समन्वय समितिको जिम्मेवारी तोकेको छ ।
जिल्ला समन्वय समिति गोरखाको आज बसेको बसेको पूर्ण बैठकले प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको जिम्मेवारी बाँडफाँड गरेको हो ।
पार्टीका जिल्ला संयोजक बिष्णुप्रसाद भट्टका अनुसार बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को समन्वय समितिको इन्चार्जमा अमर तमु, संयोजकमा छमबहादुर गुरुङ, सचिवमा अंकुर तिमिल्सेना (आयाम) लाई जिम्मेवारी दिएको छ ।
त्यस्तै क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा लेखबहादुर थापालाई इन्चार्जमा तोकिएको छ । भने संयोजकमा शोभा लामिछाने र सचिवमा जीवन गुरुङलाई जिम्मेवारी दिइएको छ । (ख) मा सुशिला सिंखडालाई इन्चार्जमा चयन गरीएको छ । ऋषि खनाल संयोजक र सचिवमा प्रेमचन्द्र श्रेष्ठ रहेका छन् ।
बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को इन्चार्जमा परशुराम रम्मेत, सहइन्चार्जमा खोपबहादुर कंडेल, संयोजकमा भुवन सुनार र सचिवमा रामकुमार कोइरालालाई जिम्मेवारी दिएको छ ।
त्यस्तै गरी निर्वाचन क्षेत्र नम्बर २ (क) को इन्चार्जमा कमला नहर्की, संयोजकमा रामचन्द्र सेडाई र सचिवमा सुदिप नगरकोटी तथा (ख( को इन्चार्जमा दिपक देवकोटा, संयोजकमा नवराज पुडासैनी र सचिवमा सुनिल परियारलाई जिम्मेवारी दिईएको अध्यक्ष भट्टले जानकारी दिए ।
माओवादी केन्द्रले तत्कालै जिल्ला भित्रका सवै वडामा निर्वाचन रणनीति तय गर्न तत्कालै अर्को बैठक बस्ने निर्णय समेत गरेको छ ।


