गोरखा । नेपाल कम्यूनिष्ट पार्टी एमाले गोरखाले क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि मिलन गुरूङ (चक्रे मिलन) को नाम सिफारिस गरेको छ ।
एमाले गोरखाको क्षेत्री कमिटीको आजको बैठकले चक्रे मिलनको नाम सिफारीस गरेको हो ।
मिलन चक्रे गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ छोप्राक निवासी हुन् ।
एमालेले क्षेत्र नम्बर २ बाट दिनेशचन्द्र देवकोटा र कोपिला कुमाल पनि प्रतिनिधि सभाको लागि नाम सिफारिस गरेको छ ।


