गोरखा । पेशागत महासंघ नेपाल गोरखा शाखाको कार्यसमितिले पूर्णता पाएको छ । साउन १३ गते भएको जिल्ला अधिवेशनले मेघनाथ लामिछानेलाई अध्यक्षमा निर्वाचित गरेपनि अन्य पदाधिकारी र सदस्य चयन हुन बाँकी रहेको थियो ।
जिल्ला शाखाको शनिवार बसेको बैठकले गणेशप्रसाद घिमिरे र बिमला पुलामीलाई उपाध्यक्ष, रोशन बानियाँलाई सचिव र ईश्वरीप्रसाद लामिछानेलाई सहसचिव चयन गरेको हो ।
त्यस्तै गरी, सदस्यहरुमा महेन्द्र सुनार, कमलनारायण श्रेष्ठ, बसन्त शर्मा, सरस्वती पाण्डे र नवराज श्रेष्ठलाई चयन गरेको छ ।
कार्यक्रममा पेशागत महासंघ नेपाल गण्डकी प्रदेश कमिटिका सदस्य हरिहर तिवारीले प्रशिक्षणमूलक मन्तब्य ब्यक्त राखेका थिए ।




















