गोरखा । नेपाल समाजबादी पार्टी नेपाल गोरखाको अध्यक्षमा पुनः यानप्रसाद भट्ट (सरोज) चयन भएका छन् ।
शनिबार पार्टीको गोरखा सदरमुकाममा सम्पन्न भएको प्रथम विस्तारीत बैठकले भट्टलाई पुनः जिल्ला अध्यक्षमा चयन गरेको हो ।
जनता समाजबादी पार्टी (जसपा) संगको पार्टी बिभाजन पछि डा.बाबुराम भट्टराई पार्टी पुर्नःगठन गरी नेपाल समाजबादी पाटी निर्माण गरेका हुन । शनिबार सम्पन्न प्रथम पूर्ण बैठकले जिल्ला कमिटी समेत पुर्नःगठन गरेको नेसपाले जनाएको छ ।
पुर्नःगठित पार्टीको जिल्लामा उपाध्यक्षमा सुकदेब तामाङ, सचिव तेजबहादुर गरुङ, सहसचिव गणेश कार्की, राजेश आले, पुर्णमाया वन्त चयन भएका छन् । नेसपाले पदाधिकारी सहित १७५ सदस्यीय जिल्ला कमिटि गठन गरेको अध्यक्ष भट्टले जानकारी दिए ।




















