गोरखा । डा.बावुराम भट्टराईले आफु गोरखाको साझा उम्मेदवारको रुपमा चुनाव लड्न चाहेको कुरा बताएका छन् । गृह नगर गोरखा आएका उनले पत्रकारहरु संग कुरा गर्दै आफु गोरखाको दल बिशेष भन्दा पनि साझा उमेद्वारको रुपमा चुनाव लड्न् चाहेको कुरा बताएका हुन् ।
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजबादी पार्टीका अध्यक्ष समेत रहेका डा.भट्टराईले सञ्चारकर्मी संग बोल्दै यस पटक गोरखाबाट सवै प्रमुख राजनीतिक दलको साझा उमेद्वारको रुपमा अगाडी बढ्ने चाहेको बताए ।
सञ्चारकर्मीहरुको जिज्ञासामा उनले नेपाली काँग्रेस, माओबादी केन्द्रको साथ रहेको भन्दै अन्य दलका साथीहरुले पनि मलाई एक पटक अबसर दिनुहुनेछ भन्ने अपेक्षा राखेको डा.भट्टराईले बताए ।
उनले आफु पुनः एकपटक गोरखा क्षेत्र नम्बर २ बाट नै निर्वाचन लड्ने सोचमा रहेको भन्दै औपचारिक टुङ्को भने नलागेको बताए । ‘गठबन्धनमा जसले जहाँबाट जितेको छ त्यहीँबाट चुनाव लड्ने भन्ने प्रारम्भिक बुझाई बनेको छ’ डा.भट्टराईले भने, ‘त्यसैले स्वतहः म गोरखाको २ नम्बर क्षेत्रबाट चुनाव लड्छु भन्ने हो ।’
फेरी पनि चुनाव लड्ने हो र ? भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा डा.भट्टराईले ‘नयाँ पुस्तालाई हस्तान्तरण गर्नेकी भन्ने हो, उनले भने, ‘ हाम्रो पुस्ताले नै देशलाई गणतन्त्र हुदै अहिलेको अबस्थासम्म ल्याइपु¥यायो, यसलाई नै सुरक्षित नगरीकन छोड्दिदा झन अलपत्र पर्ने र संकटमा जाने खतरा देखिदा हाम्रै पुस्ताकाहरुले चुनाव लडेरै जाने तयारी भएको छ ।’
डा.भट्टराईले देशलाई नयाँ बैकल्पिक समाजबादी धारको आबश्यकता रहेकोले निर्वाचन पछि माओबादी केन्द्रसंग छलफल गरेर समझदारी गर्ने पनि बताए ।
नेसपा गोरखाको पहिलो पूर्ण बैठकमा सहभागी डा.भट्टराई आजै राधानीबाट गोरखा आएका हुन ।


