सन्दर्भ तस्बिर
गोरखा । भीमसेन थापा गाउँपालिकाका एक किसानको पोखरीबाटै माछा चोरी भएको छ । बुधबार राती भीमसेन थापा गाउँपालिकाको–५ बगुवा स्थित कालीमाटीका किसान सूर्यबहादुर बोहोरको माछा पोखरीबाट माछा चोरी भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
पोखरीबाट अनुमानित १५० किलो जती माछा चोरी भएको सूर्यबहादुरका छोरा दीपक बोहोराले जानकारी दिए । चोरी कसले गरेको भन्ने बारेमा भने अहिलेसम्म पनि केही पत्ता नलागेको उनले बताए ।
बोहराको कालिमाटीमा रहेको धेरै पोखरी मध्ये ठुला माछा भएको पोखरीको माछा मात्र चोरी भएको छ । माछा संगै रहेको ठहराको जस्ता समेत चोरी भएको उनले बताए ।
माछा चोरी हुदा करिब ७५ हजार रुपैया घाटा परेको माछा धनी बोहराले जानकारी दिए ।




















