गोरखा । नेपाल कम्युनिष्ट पार्टी गोरखाको आज सातौ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सक्रेटरीमा पुनः कपिल भट्ट ‘प्रतिक’ चयन भएका छन् ।

जिल्लाको सिरानचोक गाउँपालिकाको पुम्कीमा रहेको शहिद भीमसेन पोखरेल स्मृती सभाहलमा भएको सम्मेलनले भट्टको नेतृत्वमा २६ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको सेक्रेटरी भट्टले जानकारी दिए ।

आज सम्पन्न सम्मेलनले १९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको र पछी ६ जना थप्ने गरी समितिको चयन भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी रहेकी नेकपा गोरखा–कास्की ईन्चाज उमा भूजेलले सरकारले आफ्नो पार्टी संग गरेको ३ बुदे सहमती तत्कालै कार्यान्वयन नगरेको खण्डमा कुनै पनि दिनमा कडा आन्दोलनमा जान सक्ने भन्दै त्यसका लागि कार्यकताहरुलाई सधै तयार रहन आग्रह गरिन ।

जिल्ला सम्मेलनले आगामी दिनमा काठमाण्डौंमा हुन लागेको नवौ महाधिवेशनलाई भब्य र सभ्य रुपमा सफल पार्न पनि सहयोग गर्ने निर्णय गरेको सेक्रेटरी भट्टले जानकारी दिए । भट्टका अनुसार आजै सोही कार्यक्रममा माओवादी केन्द्र गोरखाका सल्लाहकार रहेका राम दाहाल सहितको एक टोलीले पार्टी प्रवेश गरेको जनाएको छ ।



