गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचनको लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नाम सिफारीस गरेको छ ।
माओावादी केन्द्रको बैठकले अध्यक्ष दाहाललाई गोरखा क्षेत्र नम्बर १ बाट र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिन सिफारिस गर्ने निर्णय गरेको हो ।
२ निर्वाचन क्षेत्र र ४ प्रदेश निर्वाचन क्षेत्र रहेको गोरखामा माओवादी केन्द्रले सबै उम्मेदवारहरुको नाम टुङ्गो लगाएर सिफारिस गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य लेखबहादुर थापामगरले जानकारी दिए ।
थापाका अनुसार प्रत्यक्षतर्फ क्षेत्र १ मा पूर्वप्रधानमन्त्री दाहालसहित केन्द्रीय सदस्य हरिराज अधिकारी र सुशीला सिङ्खडाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । भने प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पूर्वउपप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका केन्द्रिय उपाध्यक्ष श्रेष्ठ सहित पार्टीका केन्द्रीय सचिव हितराज पाण्डे र केन्द्रीय सदस्य लेखनाथ न्यौपानेको नाम सिफारीस गर्ने निर्णय गरेको छ ।
प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (क) मा केन्द्रीय सदस्य लेखबहादुर थापा, अमरबहादुर गुरुङ र पर्शुराम रम्तेलको नाम सिफारिस गएिको छ । भने प्रदेशसभा (ख) मा केन्द्रीय सदस्य कृष्ण धिताल, जगन्नाथ खनाल र ध्रुवकुमार भट्टको नाम सिफारिस गरिएको माओवादी केन्द्र गोरखाले जनाएको छ ।
प्रदेशसभा २ को (क) मा केन्द्रीय सदस्य खोपबहादुर कँडेल, कमला नहर्की र धना तमुको नाम सिफारिस गर्ने निर्णय गरिएको छ । भने (ख) मा पार्टी केन्द्रीय सदस्य भगवती तिवारी, नरबहादुर गुरुङ र वासु पोखरेलको नाम सिफारिस गरिएको छ ।
माओवादी केन्द्रले संघ र प्रदेशका समानुपातिक तर्फका उम्मेद्वारको प्रस्तावित नामावलीको समेत टुङगो लगाएको छ ।


