गोरखा । भीमसेन थापा गाउँपालिकाको टोल–टोलमा आँखा जाँच शिविर हुने भएको छ । आँखाका बिरामीहरुलाई लक्षित गरी दशैं अगावै निशुल्क आँखा जाँच तथा अप्रेसन शिविर सञ्चालन गर्न लागेको पालिकाका अध्यक्ष लोकप्रसाद बञ्जाराले जानकारी दिए ।
गाउँपालिकाको समन्व्यमा पालिका भित्रको १० वटा टालमा भदौं १९ गतेदेखि ३१ गतेसम्म आँखा जाँच शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
नेपाल नेत्र ज्वोती संघ, हिरालाल सन्तुदेवी प्रधान नेत्र बिज्ञान अध्ययन संस्था, भरतपुर आँखा अस्पताल र जनचेतना युवा क्लबको सहयोगका विभिन्न टोलमा आँखा शिविर सञ्चालन हुने भएकोले आँखा सम्वन्धी समस्या भएका सबैलाई सेवा लिन पनि पालिकाले अनुरोध गरेको छ ।

तालिका अनुसार गाउँपालिका–५ को बगुवा स्वास्थ्य चौकी र खान्चोक स्वास्थ्य चौकीमा भदौ १९ गते, १ को मसेल सामुदायिक स्वास्थ्य चौकी इकाईमा भदौ २० गते र २ को ओख्ले आधारभूत स्वास्थ्य केन्द्र, काउले पोखरी गाउँघर क्लिनिकमा भवनमा भर्दौ २१ गते शिविर सञ्चालन हुनेछ ।
त्यस्तै गरी, ३ को डाँडाबेसी गाउँघर क्लिनिक र तान्द्राङ स्वास्थ्य चौकीमा भदौ २२ गते, ४ को धावा स्वास्थ्य चौकी र चौतारा सामुदायिक स्वास्थ्य इकाईमा भदौ २३ गते र धावाको बालुवाटार आमा समुह भवन तथा बोर्लाङ स्वास्थ्य चौकीमा भदौं २४ गते आखाँ शिविर सञ्चालन आउने छ ।
उता ७ को पिपलटार स्थित रबिन्द्र ज्योती आधारभूत बिधालय र क्याम्मुन्टार पाटनदेवी माविमा भाद्र २६ गते, ८ को महादेवटार स्थित आधारभूत स्वास्थ्य इर्काई र वडा कार्यालयमा भदौ २७ गते, मदरसा उलुम प्रावि र जनशत्ति आधारभूत बिधालयमा भाद्र २८ गते र भदौं २९ गते आमासमुह भवन मोहरियामा शिविर सञ्चालन हुने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
भदौ ३० र ३१ गते भने सबै स्थानमा आँखा जाँच गराउदा समस्या आएकाहरुलाई अश्राङ स्वास्थ्य चौकीमा अप्रेसन शिविर राखिएको छ ।


