गोरखा । भीमसेन थापा गाउँपालिकाकाले कृषकलाई कृषि तथा पशु बिमा सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । पालिकाले अगुवा कृषक तथा जनप्रतिनिधीहरुलाई अभिमुखीकरण तालिम प्रदान गरेको हो ।
गाउँपालिकाको कृषि शाखाको आयोजनामा भएको तालिममा गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रम बमोजिम कृषकहरुको पशु बिमा र कृषि बालीको बिमा कार्यक्रमको बारेमा जानकारी गराइएको पालिकाले जनाएको छ ।
अभिमुखीकरण कार्यक्रममा लाईफ इन्युरेन्सका गोरखाको शाखा प्रमुख नबिन पाण्डे र लुम्बिनी इन्स्युरेन्स कम्पनीका शाखा प्रमुख शंकर कुँवरले सहजीकरण गरेका थिए ।
‘कृषि तथा पशुपन्छीमा हुने बिमाका बिषयमा इन्स्युरेन्स कम्पनीबाट अगुवा कृषक तथा सहभागीहरुलाई बिमा कार्यक्रम कसरी कार्यान्वयन गर्ने भन्नेबारेमा जानकारी प्रदान गरिएको हो, गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जाराले बताए । उनका अनृसार कृषकहरुलाई अभिमुखीकरण गराउदा बिमाको बारेमा चेतनाको बिकास हुने र बिमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न सहज हुने अपेक्षा पालिकाले लिएको जानकारी दिए ।
अभिमुखीकरण कार्यक्रममा वडाका वडाध्यक्षहरु, कार्यापालिका सदस्यहरु तथा अगुवा किसानहरुको सहभागिता रहेको थियो ।




















