गोरखा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गोरखा शाखाले आज पत्रकार महासंघ गोरखामा ज्ञापनपत्र बुझाएको छ । फोनिज गोरखाले नेपाल पत्रकार महासंघको संस्थापक सभापति (हाल अध्यक्ष) सत्यनारायण बहादुर श्रेष्ठ भएको भन्दै ज्ञापनपत्र बुझाएको हो ।
फोनिज गोरखाका अध्यक्ष सुशिलबावु श्रेष्ठ (कैलास) को नेतृत्वमा गएको टोलीले नेपाल पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरहरी सापकोटा मार्फत नेपाल पत्रकार महासंघ केन्द्रिय समितिमा पुग्ने गरी ज्ञापनपत्र बुझाएको फोनिज गोरखाका सचिव केशव गुरुङले जानकारी दिए ।
जिल्ला शाखामा बुझाइएको ज्ञापनपत्रमा विक्रम सम्बत २००८ साल बैशाख ९ गतेको पत्रकार भेलाले सत्यनारायण बहादुर श्रेष्ठको नृतृत्वमा ‘नेपाल पत्रकार संघ’ गठन गरेको स्मरण गराउदै २००८ साल बैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार संघ पुर्नगठन गरको भनिएको छ ।

महासंघको कार्यालयमा बुझाइएको ज्ञापन पत्रमा ‘अकाट्य तथ्यहरुका आधारमा हाल नेपाल पत्रकार महासंघ (तत्कालीन पत्रकार संघ) को संस्थापक सभापति सत्यनारायण बहादुर श्रेष्ठ भएको प्रमाणहरुले पुष्टी गरेको । तर, नेपाल पत्रकार महासंघले अकाट्य तथ्यहरुलाई नजरअन्दाज गर्दै सन्त नेता तथा पूर्व प्रधानमन्त्री कृण्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको’ भन्दै ‘महासंघको यो कदमप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले गम्भीर बिमति राख्दै आएको’ भनिएको छ ।
फोनिज समन्याकि समाज निर्माण मान्यताबाट अग्रसर छ । तसर्थ, सन्त नेता भट्टराईको सामाजिक , राजनीतिक योगदानको यथोचित सम्मान र कदर होस भन्ने कुरामा हाम्रो विमति छैन । तर, तथ्यहरुले ‘नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुनुहून्छ’ भन्ने पुष्टि भइसकेको अवस्थामा ‘कृण्णप्रसाद भट्टराई नै संस्थापक अध्यक्ष हुनुहुन्छ’ भन्नु स्वयम भट्टराईको निस्वार्थ योगदानको अपमान मात्र होइ, नेपाल पत्रकार संघ गठन गरेर पहिलो पटक नेपालका पत्रकारहरलाई संगठिन गर्ने सत्यनारायण बहादुर श्रेष्ठको योगदानको अवमुल्यन गर्ने, अपमान गर्ने र इतिहास नामेट पार्न खोज्नु निसन्देह गलत काम हो’ ज्ञापन पत्रमा भनिएको छ ।
सोही कार्यक्रममा महासंघलाई सत्यनारायण बहादुर श्रेष्ठको तस्बिर समेत हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा फोनिज गोरखाका उपाध्यक्ष दिपक श्रेष्ठ, सचिव केशव गुरुङ, प्रदेश प्रतिनिधी भिमलाल श्रेष्ठ र रेनु श्रेष्ठ तथा जिल्ला सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।




