गोरखा । गोरखा अस्पतालले हिजोदेखी हाडजोर्नी सेवा सुभारम्भ गरेको छ । अस्पतालले हाडजोर्नी बिज्ञ आएकोले उक्त सेवा सुरु गरेको सूचना अधिकारी कृण्ण ढकालले जानकारी दिए ।
अस्पताललमा हाडजोर्नी विशेषज्ञ डा.सन्देश श्रेष्ठ आए संगै बुधबारबाट उक्त सेवा सुरु गरिएको सूचना अधिकारी ढकालले बताए । ‘अहिलेलाई सामान्य हाडजोर्नी सेवा दिन थालेको’ भन्दै सूचना अधिकारी ढकालले ‘पहिलो दिनमा नै १६ जना जतिले सेवा लिएको’ बताए ।
अस्पतालले सिएम मेशिन नभएका कारण सामान्य हाडजोर्नी सेवा मात्र दिएको छ । तिघ्रा र ढाँड जस्ता अप्रेशनका लागि भने केही समय कुर्नु पर्ने भएको छ । ‘सिएम मेशिन आउनासाथै हामी जस्तो सुकै हाडजोर्नीका अप्रेशन गर्न सक्छौ’ सूचना अधिकारी ढकालले भने ।
अस्पतालले मेशिन खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आपुर्ती ब्यवस्थापन केन्द्र गण्डकी प्रदेशलाई पत्राचार गरिसकेको स्टोर किप्पर अनिल रेग्मीले बताए । ‘मेशिन खरिदका लागि स्पेसीफीकेशन आवश्यक पर्ने भएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आपुर्ती ब्यवस्थापन केन्द्रलाई पत्राचार गरिसकेको’ भन्दै ‘उताबाट स्पेसीफीकेशन आउना साथ मेशिन गरिदको लागि टेण्डर आब्हान हुने’ रेग्मीले बताए ।
सिएम मेशिनको सहायताले जस्तो सुकै जटिल हाडजोर्नी अप्रेशन पनि गर्न सकिने छ ।




















