गोरखा । जिल्ला समन्वय समिति गोरखाले क्रसर अनुमगनका लागि समिति बनाएको छ । समन्वय समितिका अधिकारी नानीबावु पोखरेलको संयोजकत्वमा ५ सदस्य अनुगमन समिति निर्माण गरेको हो ।
जिल्ला भित्र सञ्चालित क्रसरलाई ब्यवस्थित गर्ने उद्वेश्यका साथ समितिको निर्माण गरिएको समन्वय समितिले जनाएको छ । समितिका अन्य पदाधिकारीहरुमा पूर्वाधार बिकास कार्यायल, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय र सम्बन्धीत पालिकाको प्रतिनिधी रहने गरी समितिको निर्माण गरिएको संयोजक पोखरेलले जानकारी दिए ।
जिल्ला भित्रको नदी जन्य पदार्थ उत्खनन र प्रशोधनलाई ब्यवस्थित गर्ने गरी बुधबार ढुङ्का, गिटी, बालुवा अनुगमन समितिको बैठक बसेको थियो । बैठकले अबको १ महिना भित्रै जिल्ला भित्र सञ्चालित क्रसरको समितिले अध्ययन गर्ने निर्णय भएको पनि समन्वय अधिकारी एवं समितिका संयोजक पोखरेलले जानकारी दिए ।
समितिले नदीजन्य तथा खानीजन्य पदार्थको मापदण्ड अनुसार सञ्चालन भए नभएको अनुगमन गर्ने र सो को प्रतिवेदन तयार पारेर समन्वय प्रमुख मोहनबहादुर थापामगरलाई प्रतिवेदन बुझाउने छ ।
अनुगमन पछि मात्र सम्वन्धीत पालिकाले नदीजन्य पदार्थ उत्खननकालागि सुचना प्रकाशन गर्न पाउने बैठकले निर्णय गरेको छ ।


