केदार खनाल
अपराध एउटा सामाजिक चरित्र हो ।यसबाट समाज मुक्त छैन । अपराध समाज भित्र नै हुने हुँदा यसलाई समाजकै अन्य अवयहरुले साथ दिई रहेका हुन्छन । त्यसमा पनि हालका दिनहरुमा महिला तथा बालबालिकाहरु बढि नै हिंसा जन्य अपराधका सिकार भएका छन् । सामाजिक, धार्मिक, आर्थिक आवरण भित्र यौन जन्य हिंसा देखि ज्यान सम्बन्धि अपराध सम्ममा घटनाहरुले आजको यथार्थतालाई पुष्टि गर्दछ । मानवमा उत्पन्न हुने आवेग, कुण्ठा,बहुलठ्ठिपन संवेदनहिनता जस्ता चरित्रहरुका कारण दिनानुदिन अपराधका घटनामा वृद्धी भएको पाईन्छ । नैतिक चरित्रमा बिचलन, मूल्य, मान्यताहरुमा स्खलन हुँदै जानुले पनि अपराधिक घटनामा वृद्धी गराएको छ । दैनिकजसो हत्या हिंसा, बलत्कार जस्ता जघन्य प्रकृतिका घटनाहरुमा वढोत्तरी भई समाज स्वयं त्रसित, भययुक्त हुँदा शान्ति सु(ब्यवस्थामा प्रत्यक्ष असर गरिरहेको छ ।
आर्थिक वर्ष २०७९र०८० को सुरुवातमै तेह्रथुममा आफ्नै वुवालाई छोराले धान कुट्ने मुसल प्रहार गरि हत्या गरे । गोरखा भिमसेन थापा गाउँपालिका घर भएका दिनेश पाण्डेले काठमाण्डौमा श्रीमती, छोरा र छोरीको हत्या गरि आफूले आत्महत्या गरेको कहाली लाग्दो घटना घटेको छ । यसै गरि श्रीमानले बलत्कार गरेको भनि रुपन्देहीको तिलोत्तमा १० कि चौधरी थरकी महिलाले श्रीमानको बिरुद्धमा उजुरी दिएकी छन्। उता बाँकेमा संगठित गिरोहले सर्जन बि।क। र सपना मल्लको विवाह गराई बि।क।लाई डिपेन्डेन्ट भिषामा २ लाख तलब पाउने गरि विदेश पठाउने भनि रिलायन्स ईन्सुरेन्स कम्पनीमा २ करोड ७० लाखको बिमा गराएकोमा ३७ दिन भित्र सर्जन बि।क।को मृत्यु भए पश्वात शंका उपशंङ्काहरुको घेरामा घटना परेको छ । चितवनमा नै ३५ वर्षिय श्रीमती सुष्मा घिमिरेलाई धारिलो हतियार प्रयोग गरि हत्या गरेर ४३ वर्षिय कृष्ण आचार्य घरको छतबाट हाम फालेर आत्महत्या गर्यो । यहाँनेर एउटा अपराध गरे पछि पुनस् अर्को अपराध भयो ।यि र यस्ता घटनाहरु त प्रतिनिधी घटनाहरु मात्र हुन । दैनिक रुपमा घट्ने यस्ता घटनाहरुले हाम्रो नैतिक धरातल कहाँ पुगेको छ भन्ने आकलन गर्न गाह्रो पर्दैन । सामाजिक सम्बन्धमा स्थापित भई माया प्रेम र सिर्जनामा फुल्नु पर्ने मानविय जिवन एकछिनको सनकमा खरानी हुन पुग्दछ । ब्यक्तिमा स्खलित हुदै गएको सामाजिक, आर्थिक, नैतिक, धार्मिक मूल्य मान्यताहरु नै यस्ता घटना घटाउन सहायक बनेका छन् । यसका अलवा वैदेशिक रोजगारले निम्त्याएका समस्याहरु झन(झन बिकराल रुपमा देखिदै छन् ।
हाम्रो समाज ऐंचो(पैंचो देखि जिउँदाको जन्ति र मर्दाको मलामी जस्ता कालजयी परम्पराहरुबाट परिचालित भएको छ । एकको दुस्खमा अर्काले साथ दिने चलन पश्विमेली चलन संस्कृती भन्दा धेरै उत्तम थियो र छ पनि । तर आज स्वार्थैस्वार्थले गर्दा मानिस एकलकाटे हुँदै गई रहेको छ । बुढा पाकाले दिने आशिषहरु कति सकारात्मक हुन्थे जीवन पद्धतिका निमित्त । तर आज तिनै भूमिका नकारात्मक बन्दै जाँदा हजुरवुवाबाट नातिनि, वुवाबाट छोरी, दाजुबाट बहिनी, मामाबाट भान्जी, गुरुबाट चेलीको बलात्कार हुँदा समाज कता तर्फ गईहेको छ भन्ने कुरा चिन्ताको बिषय बनेको छ । आफ्नै नजिकका आफन्तहरुबाट पीडा ब्यहोर्नु पर्ने बाध्यता भित्र बाच्नुको अर्थ जोडिन पुग्दा एउटा उज्वल भविष्यको पर्खाईमा रहेका बालबालिकाहरु जिन्दगी भर त्रास र पीडा बिच कुँजो जिन्दगी बिताउन बाध्य छन् । नैतिक पतनका यी उदाहरणहरु समाज भित्रैबाट श्रृजना भएका हुन ।
केही दिन अघिमात्र गोरखा सदरमुकाममा नै २० वर्षिय अनिश आलेको हत्या भयो । लागूपदार्थ र मदिरा सेवनबाट सिर्जित झगडाले उसको मृत्यु गरायो भने १९ वर्ष देखि ४२ वर्ष सम्मका युवाहरु अपराधको सूचिमा परे ।धेरै युवाहरु लागू औषधको कुलतमा परेको कुरामा उनिहरुका अभिभावकहरु बेखवर छन् । कसैको मृत्यु भई सके पछि पीडा बोध गर्नु भन्दा पनि छोराछोरीहरुको बिगतका गतिबिधि नियन्त्रण गर्न लाग्नु पर्थ्यो तर त्यसो हुन सकेन । मदिरा सेवनका कारण अधिकांश पुरुषहरुले आत्महत्या गरेको आकडाहरुले बताउँदछन् । तर यसको नियन्त्रण गर्न समाज अलिकती पनि समय दिन चाहदैन । सामाजिक बिकृती बिसङ्गतिहरु समाजको प्रगतिका बाधक हुन भन्ने जान्दा जान्दै पनि कसैको ध्यान त्यस तर्फ देखिदैन । समाज भित्र आज एउटाको छोरो बिग्रदा खुशी हुनेहरु भोलि त्यही बाटोमा आफ्नो छोरालाई भेटाउँदा के गर्ने रु यहाँ बुढि मरि भनेरचिन्ता होईन कि काल पल्क्यो भनेर हो । यो कुरा समाजका हरेक ब्यक्तिले बुझ्न जरुरी छ । यस्ता अपराधले एउटा सुन्दर परिवारको भविष्य भयावह संकट देखि भताभुङ्ग बनाउँदै निरियताको कोटिमा पुर्याउँछ । त्यसैले समयमानै सचेत बनौ र बिकृती र बिसङ्गति अन्त्य गर्न सवै नागरीक लागौ । असल समाज निर्माणमा सहभागी बनौ ।
खनाल हाल जिल्ला प्रहरी कार्यलय गोरखामा प्रहरी उपरीक्षक हुनु हुन्छ



